काठमाडौँ- भारतमा लोकसभा चुनाव जारी छ। ७ चरणमा हुने चुनावको चौथो चरण पूरा भइसकेको छ।
विश्वकै सबैभन्दा ठूलो चुनावी प्रक्रिया मानिने लोकसभा चुनावका दौरान रोचक प्रसंग पनि सार्वजनिक भइरहेका छन्।
पछिल्लो पटक सार्वजनिक भएको रोचक तथ्य हो- चुनावकै बेला भारतका एक जना सांसदलाई नजरबन्दमा राखिने भएको छ।
जनसत्ता दल लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष एवम् वर्तमान विधायक रघुराज प्रताप उर्फ 'राजा भैया'विरुद्ध प्रतापगढ जिल्ला प्रशासनले ठूलो ‘एक्सन’ लिएको छ।
राजा भैयालाई क्षेत्रमा लोकसभा चुनावको मतदानका बेला नजरबन्दमा राखिने भएको छ।
युपीको कुन्डा विधानसभाका विधायक राजा भैयाका विरुद्धको यो एक्सन भोलि हुन लागेको पाँचौं चरणको चुनावका सन्दर्भमा लिन लागिएको हो।
एक नेताका रूपमा राजा भैयाको छवि बाहुबलीका सरह मानिने गरेको छ।
राजा भैयाका साथसाथै अरु ८ प्रभावशाली व्यक्ति विरुद्ध पनि नजरबन्द गर्ने फैसला लिइएको छ। बाबागञ्ज विधायक विनोद सरोज, सपा नेता गुलसन यादव, सपा जिल्लाध्यक्ष छविनाथ यादवमाथि पनि यस्तो एक्सन लिइएको हो।
नजरबन्दमा परेका यी सबै नेता खाली चुनावको बुथमा मतदान गर्न मात्रै जान पाउने छन्।
राजा भैयालगायत कुन्डाका ८ प्रभावशाली व्यक्तिले अशान्ती फैलाउने आशंकामा चुनावका बेला भारतीय निर्वाचन आयोगले यस्तो फैसला लिएको हो।
कुन्डाबाट राजा भैया विधायक भएका हुन र यहाँ उनको खास प्रभाव माना मानिन्छ। यसकै कराण यसपटक राजा भैयाले शैलेन्द्र कुमारलाई आफ्ना प्रत्यासीका रुपमा उठाएका छन्।
जबकि भारतीय जनता पार्टी (बीजेपी)ले वर्तमान सांसद विनोद कुमार सोनकरलाई चुनावी मैदानमा फेरी मौका दिएको हो।
अर्कातर्फ सपा–बसपा गठबन्धनले यही सीटमा इन्द्रजीत सरोजलाई प्रत्यासी बनाएको छ। कांग्रेसले भने गिरीशचन्द्र पासीलाई टिकट दिएको छ।
बाहुबली छवि बनाएका राजा भैया आफ्नो क्षेत्रमा पूरा प्रभाव चल्ने गरेको छ।
भारतीय निर्वाचन आयोगलाई उनले कुनै पनि प्रकारको चुनावविरोधी गतिविधि गर्न सक्ने आशंका भएकाले राजा भैयालगायत उनकै क्षेत्रका कूल ८ नेताको मतदानका दिन नजरबन्दमा फैसला लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।