डडेलधुरा- डडेलधुराकाे परशुराम नगरपालिका-६ स्थित रंगुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा साेही स्थानका दुर्गाबहादुर पुन मगरका १२ वर्षीय छोरा धमेन्द्र पुन मगर रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
शनिबार दिउँसो साढे ३ बजेतिर पुनको पौडी खेल्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी सहायक निरीक्षक करन देव पन्तले जानकारी दिए।
उनको शवलाई जोगबुडा अस्पताल राखिएको छ। शवको आइतबार पोष्टमार्टम गरि अन्त्यष्टि गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।