प्रतीकात्मक तस्बिर
डडेल्धुरा- डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन्।
शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका-१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए।
बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ।
गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए।
आज दिउँसो कीरब ३ बजेतिर सहायक लेखापाल पाल बेपत्ता भएका वनभोज खान महाकाली पुगेका कर्मचारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।