प्रतीकात्मक तस्बिर
सोलुखुम्बु- सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-४ जुबुमा रुखले किचेर शनिबार एक किशोरीको मृत्यु भएको छ।
थुलुङ दूधकोशी गाउँपालिका-४ जुबुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो।
दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्दा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भर्याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दिउँसो १:३० बजे रुख लडेर उनलाई किचेको थियो। हेलिकोप्टर आउने ठाउँ भर्याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।