• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वडाध्यक्ष र मालपोत कर्मचारीले यसरी लुटे अशक्त एकल महिलाको जग्गा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  २०:०३
1140x725

भैरहवा- देशभर भू-माफियाको जगजगीका समाचार बाहिर आइरहेका बेला रुपन्देहीमा स्थानीय जनप्रतिनिधि (वडाध्यक्षसहित) र मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा अशक्त एकल महिलाको जग्गा हडपेको खुलासा भएको छ। 

रुपन्देहीको कोटहीमाई गाउँपालिका-४ की कमलावती पालको नाममा सोही गाउँपालिकाको सोही स्थानमा रहेको जग्गा वडाध्यक्ष, वडा कार्यालयका कर्मचारी र मालपोत कर्मचारीको मिलोमतोमा हडपेको खुलेको हो। शारीरिक रुपमा अशक्त समेत रहेकी कमलावती एकल महिला हुन्।

उनको नाममा रहेको एक बिघाहा, १२ कठ्ठा साढे ७ धुर जग्गा झुक्याएर नामसारी गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि जग्गा हडपेको घटना बाहिर आएको हो। 

कोटहीमाइ-४ का वडाध्यक्ष ओमप्रकाश पाण्डेकै मिलेमतोमा जग्गा हडपिएको हो। प्यारालाइसिस कारण हिँडडुल गर्न नसक्ने ४९ वर्षीया कलावतीको सो जग्गा वडाध्यक्ष पाण्डेले छोरासहित ७ जना भूमाफियाको नाममा नामसारी गराई हडपेको खुलेको हो।

कमलावतीको घर

वडाध्यक्ष पाण्डेसहित भू-माफियाको समूहले प्यारालाइसिसका रोगको उपचारका लागि सरकारले पैसा दिएको र सो पैसा पाउन सहीछाप गर्नुपर्ने भन्दै झुक्याएर जग्गा हडप्ने प्रपञ्च रचेका थिए।

त्यही प्रपञ्च लगाएर उनीहरुले जग्गाको कागजमा राजीनामा पास गराएका पीडित पक्षले आरोप लगाएको छ। उनीहरुले कमलावतीलाई औंठाछाप गर्न समेत लगाई सोहीअनुसार मालपोतमा रेकर्ड बनाएका थिए। 

सो जग्गाको प्रचलित मूल्य ५० लाखभन्दा बढी रहेको उक्त जग्गा चैत १४, १५ र १७ गते ७ जनाले राजीनामा गराएका र त्यसको केही दिनपछि मालपोतबाट नामसारी गराएको भेटिएको छ। 

क-कसले हडपे जग्गा?
वडाध्यक्ष पाण्डेका छोरा राजेशको नाममा ५ कठ्ठा ११ धुर जग्गा नामसारी भएको रेकर्ड छ। रेकर्डमा उनले ०७५ चैत १४ गते मालपोतबाट पास गरेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, चैत १४ गते नै मायादेवी गाउँपालिका, गरकट्टीका प्रेमकुमार यादवले ५ कठ्ठा ११ धुर आफ्नो नाममा गराएका छन्। चैत १५ गते कोटहीमाई–३, पर्सियाका सूर्यनाथ अहिरले ५ कठ्ठा १९ धुर आफ्नो नाममा गरेका छन्। उनी मझगाँवा विद्यालयका कर्मचारीसमेत हुन्। 

कमलावतीका आफन्त। कमलावतीको घरमा। 

यसैगरी, चैत १५ गते नै कोटहीमाइ गाउँपालिका वडा नम्बर ४ का प्राविधिक (कार्यालयका सहायक सचिव) बरहदवा निवासी रामनाथ यादवले आफ्नी श्रीमती प्रमिला यादवका नाममा १ कठ्ठा २ धुर जमिन कायम गराएका छन्। 

०७५ चैत १७ गते लुम्बिनी सांस्कृतिक नगरपालिका धुपहीका जितबहादुर यादवले ३ कठ्ठा १४ धुर जमिन आफ्नो नाममा गराए। सोही दिन साविक कम्हरिया–७ का विश्वनाथ पालले ५ कठ्ठा १२ धुर जमिन आफ्नो नाममा गराएका छन्। यी सबै जग्गा कमलावतीकै हुन्। 

छोराको नाममा जग्गा दर्ता गरेका वडाध्यक्ष पाण्डेले १० लाख ५० हजार थैली दिएको दाबी गर्दै आएका छन्। भू-माफियासहित वडाध्यक्षको समूहले कमलादेवीलाई औषधि उपचारका लागि पैसा दिएको दाबी गर्दै आएका छन्। जग्गासमेत पैसा दिएर खरिद गरेको दाबी उनीहरुको छ। तर कमलावतीले भने कसैबाट पैसा नलिएको बताएकी छन्। 

Xtrem

Xtrem
वडाध्यक्षलगायतको समूहले हडपेको कमलावतीको जग्गा देखाउँदै उनका आफन्त। उनी उभिएको ठाउँको जग्गा वडाध्यक्ष र भू-माफिया मिलेर हडपेका छन्। 

पति हरिप्रसाद पालको मृत्यु भएपछि मात्रै नागरिकता बनाएकी कमलावतीका सन्तान छैनन्। ४९ वर्षीय कमलावतीका श्रीमान् गत वर्ष मृत्यु भएको थियो। सन्तान समेत नभएकी उनको श्रीमानकै नाममा जग्गा थियो। 

श्रीमानको नामबाट तपाईँको नाममा जमिन नामसारी गरिदिन्छौं भनेर वडाअध्यक्ष पाण्डेको मिलेमतोमा कमलावतीको घरमै आएर राजीनामामा हस्ताक्षर गराई ढाँटेर ७ जनाले जमिन मालपोतबाट आफ्नो नाममा पास गराएको स्थानीयको दाबी छ। 

बिरामी भएर बोल्न र हिँडडुल गर्न समेत नसक्ने एकल महिलाको जमिन अर्कैले झुक्याएर हडपेपछि स्थानीय आक्रोशित बनेका छन्।

कमलावतीको रेखदेख गर्दै आएका सुवास लोनियाले विवाहदर्ताका आधारमा कमलावतीको नागरिकता बनेको बताए। तर सो समयमा जग्गाको नामसारी गर्न नसकिएको भन्दै लेखनदास मनोहर यादवले कमलावतीलाई सहीछाप गराएका थिए।

जग्गा नामसारी भएको पत्तो पाएपछि कमलावतीले तीन दिनअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दिएकी छन्। 

जग्गा नामसारीबारे वडाध्यक्षले प्रतिक्रिया दिन मानेनन्। 

झुक्याएर अरुको नाममा जग्गा दर्ता गराएको कुरा थाहा पाएपछि स्थानीयको सहयोगमा कमलावतीले जिल्ला प्रशासनका ठगी मुद्दा दर्ता गरेकी हुन्। प्रशासनले यसबारे आवश्यक प्रक्रियाअघि बढाएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे (नेपाल)ले जानकारी दिइन्। 

एकल महिलाको जमिन भू-माफियासँग मिलेर आफैंले निर्वाचित गरेको जनप्रतिनिधिले नै हडपेपछि स्थानीय आक्रोशित छन्। २ सय बढी स्थानीयले जिल्ला प्रशासनमा आएर ठगी गर्नेलाई कडा कारबाहीको माग गरेका छन्।

सबै तस्बिर : दीपक घिमिरे

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्