विराटनगर- मोरङको विराटनगरबाट चोरी भएको सिटी सफारी फेला पारी सवारीधनीको जिम्मा लगाइएको छ।
विराटनगर महानगरपालिका ९ महावीर चोक बस्ने ३५ वर्षका संजय साह हलुवाईले सञ्चालन गर्दै आएको को १ ह ७०३६ नम्बरको सिटी सफारी घरको बरण्डामा चार्ज गरी राखेको अवस्थामा गएराति चोरी भएको थियो।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी सहायक निरीक्षक प्रदीपकुमार थापा नेतृत्वको टोलीले विराटनगर १५ रामजानकी चोकबाट आज बिहान उक्त सिटी सफारी फेला पारेको हो। प्रहरीलाई देखेपछि उक्त सफारी छाडी एक व्यक्ति भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।