काठमाडौं– आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी।
आफ्नो आमाप्रति सन्तानले श्रद्धा र भक्तिभाव प्रकट गरी मनाउने गरिन्छ।
प्रत्येक बैसाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औंसीमा आमालाई खुसी पार्ने तथा विभिन्न उपहार प्रदान गर्ने गरिन्छ।
त्यसैगरी दिवंगत आमाको सम्झनामा सन्तानहरूले आमालाई सम्झेर पिण्ड दान गर्छन्। आजकै दिन देशका विभिन्न मन्दिरहरूमा श्रद्धालु भक्तहरूको भिडसमेत लाग्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।