काठमाडाैं- सरकारले आगामी ३ वर्षभित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारेको छ।
राष्ट्रदेवी विद्या भण्डारीले संघीय संसदको संयुक्त बैंठकमा प्रस्तुत गरेकाे सरकारको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा ३ वर्षभित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने उल्लेख गरिएको हो।
त्यसैगरी, सरकारले एक वर्षभित्र ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण पनि गर्ने भएको छ। राष्ट्रपति भण्डारीले ३ वर्षभित्र संघीय संसद भवन, राजकीय अतिथि गृह, प्रदेशसभा भवन, मन्त्री निवास, प्रदेश प्रमुख तथा मुख्य मन्त्रीको सम्पर्क कार्यालय एवं निवासहरु लगायतकाे निर्माण कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको पनि बताइन्।
सरकारको नीति तथा कार्यक्रममा धरहरा पुनर्निर्माणको काम आगामी २ वर्षभित्र सम्पन्न गर्ने, पुरातात्विक सम्पदाहरुको संरक्षण हुने गरी पुनर्निर्माणको अधिकांस कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।