काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितका समाचारका शीर्षकहरू:
१) राष्ट्रपति भण्डारीद्वारा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, वृद्ध भत्ता बढाउनेदेखि पानी जहाज र रेलसम्म प्राथमिकता।
२) राष्ट्रपतिले ’मेरो सरकार’ भन्दा राजाको झल्को देखिएको भन्दै विरोध, प्रमुख प्रतिपक्षको प्रश्न– ’नेपाली जनाताले बनाएको सरकार छ कि राष्ट्रपतिको?’
३) वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने सरकारको पहिलो कदममै ब्रेक, कानुनी मस्यौदा निर्माण उपसमितिद्वारा राजीनामा।
४) आइसिसी टी–२० वरियतामा नेपाल ३ स्थान उक्लियो, आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११ औं स्थानमा।
५) र, ’फानी’का कारण उडिसाका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, २ विमानस्थल बन्द र २ सय २३ ट्रेनको सेड्युल रद्द।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।