काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटिने प्रहरी कर्मचारीलाई अंग्रेजी भाषाको तालिम दिइएको छ। विदेशी नागरिकहरुसँगको बोलचाल सहज होस् भन्ने उद्देश्यले जुनियर प्रहरी अधिकृतहरुलाई अंग्रेजी भाषाको तालिम दिइएको हो।
अंग्रेजी भाषा तालिमले व्यवहारमा सभ्य, शिष्ट र नम्र बनाउन सहयोग पुग्ने विमानस्थल प्रहरीले विश्वास लिएकाे छ।
‘प्रहरी आचरण व्यवहार तथा अंग्रेजी भाषा’ तालिम कार्यक्रमबाट ४ सय ५० जना प्रहरी अधिकारी लाभान्वित भएको प्रहरीले जनाएको छ। बैसाख १० गतेबाट सुरु भएको उक्त तालिम शुक्रबार महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा क्षेत्रीको उपस्थितमा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।