काठमाडौँ- सरकारले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने भएको छ।
सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्ट्रिय सुरक्षालाई सुदृढ बनाइने उल्लेख गरिएको छ ।
त्यस्तै सबै सुरक्षा निकायहरूलाई सबल बनाई राष्ट्रिय सुरक्षा प्रणालीलाई थप सुदृढ बनाइने पनि सरकारको कार्यक्रमका उल्लेख छ।
राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक इन्टेलिजेन्स (गुप्तर) संस्थाको रूपमा विकास गर्नेबारे समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।