काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झाैता गरेर मात्रै नेपाली कामदारहरु पठाउने बताएकाे छ। जापान, मलेसिया लगायत विभिन्न मुलुकहरुसँग श्रम सम्झौतालाई जोड दिइने जनाएको छ।
संघीय संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कामदारहरुको गन्तव्य मुलुकका रुपमा रहनसक्ने अन्य विभिन्न मुलुकहरुसँग समेत श्रम समझदारी गरी सुरक्षित तवरमार्फत नेपाली कामदार गन्तव्य मुलुकमा पठाउन जोड दिइने उल्लेख गरेकी छिन्।
नेपाली कामदारहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी वैदेशिक रोजगारमा पठाउने उल्लेख गरिएको छ। वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सलाई औपचारिक च्यानलमार्फत भित्र्याई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जोड दिइने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।