काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सरकारले आगामी आर्थिक वर्षमा ५ लाख युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम लाइने जनाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाली श्रमिकहरुलाई देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने वातावरण तय गरिएको बताएकी हुन्।
नेपाली श्रमिकहरुलाई देशभित्रै रोजगारी सिर्जना गरी सामाजिक सुरक्षाको ग्यारेन्टीकाे समेत प्रत्याभूत गराइने सरकारले जनाएकाे छ।
सामाजिक सुरक्षा योजना सरकारले लागू गरिसकेकाले सम्पूर्ण निजी क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा समेटिने पनि दाबी गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।