काठमाडौं- नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिडेट कम्पनीमा रुपान्तरण गर्न कानुनी मस्यौदा तयार गर्न भन्दै गठन भएको कमिटीले काम नै नगरी राजीनामा दिएको छ। योसँगै निगमलाई कम्पनी मोडलमा लैजाने पहिलो कदममै ब्रेक लागेको छ।
निगम कार्यकारी अध्यक्ष मदन खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाको पत्र अनुसार ५ सदस्यीय कानुनी मस्यौदा निर्मााणका लागि उपसमिति गठन गरेका थिए। विज्ञ राजु केसी संयोजक रहेको उपसमितिमा कृष्णगोपाल जोशी, नारायणप्रसाद देवकोटा, शारदा फुयाल र ललित सापकोटा सदस्य थिए।
खरेलले १७ गते कानुनी मस्यौदा निर्माणका लागि उपसमिति गठन गरेका थिए। उक्त उपसमितिले दुई दिनपछि नै राजीनामा दिएको हो।
.jpg)
उपसमिति गठन भएलगत्तै नेपाल वायुसेवा निगमको आधिकारिक ट्रेड युनियन केन्द्रीय समिति ले १९ गते नै उपसमितिलाई ध्यानकर्षण गर्दै ज्ञापनपत्र बुझाएको थियो।
युनियनले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न नहुने र पूर्ण रुपमै सरकारी स्वामित्वका सञ्चालन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको थियो। साथै ज्ञापनपत्रमा उपसमितिलाई राजीनामा दिनसमेत अपिल गरेको थियो।
युनियनले बुझाएको ध्यानकर्षणपत्र
कर्मचारीको ज्ञापनपत्र र सदस्य परिवर्तनको पत्र आएलगत्तै राजीनमा दिएको उपसमितिले जनाएको छ।
उपसमितिको राजीनामासँगै निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्ने सरकारको कदममा ठेस लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा निगमलाई कम्पनी मोडलमा लैजाने गरी काम गराउन खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।