काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ।
निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसमा भने मूल्यवृद्धि गरिएको छैन।
उपत्यकामा अब पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टितेल ९८ रुपैयाँमा उपलब्ध हुनेछ।
अन्तराष्ट्रिय बजारमा नै पट्रोलियम पदार्थको मूल्य बढेकोले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ।
वृद्धि भएको मूल्य शुक्रबार राती १२ बजेबाट लागू हुने निगमले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।