काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडाले दक्षिण एसियाको आर्थिक विकासमार्फत् जनताको कल्याण र सम्वृद्धिका लागि आर्थिक अन्तर्निर्भरता आवश्यक भएको बताएका छन्।
एसियाली विकास बैंकको बाउन्नौं बोर्ड अफ गभर्नरको वार्षिक बैठकका शिलशिलामा फिजीको नादीमा आयोजित सार्कका अर्थ मन्त्रीहरुको तेह्रौं बैठकको अध्यक्षता समेत गरेका अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन्।
दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको समेत उनले उल्लेख गरेका थिए। तर अन्तरदेशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउन नसकिएको उनले उनले उल्लेख गरे। 'अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने संभावना भएपनि ५ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन।'
आजै एसियाली विकास बैंक, युरोपेली लगानी बैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका वित्त मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुसँग भएको बेग्लाबेग्लै द्विपक्षीय बैठकमा अर्थ मन्त्री डा. खतिवडाले नेपालको आर्थिक विकास, लगानी अनुकुल वातावरण निर्माण भएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।