काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ।
आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको छ। संयुक्त अरब इमिरेटस् (युएइ)मा सम्पन्न युएइविरुद्वको एकदिवसीय सिरिज खेलेपछि नेपालले आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो। त्यतिबेला नेपालले युएइविरुद्व तीन खेल खेलेको थियो। गत माघमा भएको उक्त प्रतियोगितामा नेपालले युएइलाई २–१ ले पराजित गरेपछि एकदिवसीय मान्यता पाएको थियो। युएइ नेपालभन्दा एक स्थान तल छ। युएइ १५औँ स्थानमा छ भने केही समयअघि मात्र एकदिवसीय मान्यता पाएको पपुवा न्युगिनी १६ औँ स्थानमा छ।
नयाँ वरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रो स्थानमा भारत, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा न्यूजिल्याण्ड र पाँचौँ स्थानमा अष्ट्रेलिया रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।