काठमाडौं– सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादक र चिनी व्यापारी एउटै व्यक्ति भएका कारण चिनीको बजारमा समस्या देखिएको बताएका छन्।
आज मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले चिनीका विषयमा सरकारको धारणा के हो भन्ने जवाफ फर्काउँदै मन्त्री बाँस्कोटाले चिनी व्यापारी र चिनी उत्पादन एकै हुनु चिनी क्षेत्रको मुख्य समस्या रहेको धारणा राखेका हुन्।
‘मिलवाला नै व्यापारी भएपछि कुरा बिग्रिन्छ। उनीहरूले जे–जे अवसर आयो त्यही गरे। यो एक खालको अराजकता थियो। यस विषयमा सरकार गम्भीर छ,’ उनले भने।
आयातमा कोटा निर्धारण गर्दा स्वदेशी उद्योग र उखु किसानलाई राम्रो हुन्छ भन्ने प्रधानमन्त्रीको धारणा भएका कारण आयातित चिनीमा लगाइएको परिमाणात्मक बन्देजको अवधि थप तीन महिना बढाइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।