टिरिन कोट– अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकुहरूमाथि सरकारी फौजले हवाइ कारबाही गरेको छ।
कारबाहीमा चार तालिबानी लडाकुको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सो इलाकामा लुकेर बसेका तालिबान लडाकुलक्षित हवाइ कारबाही भएको थियो। अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।
कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियार समेत ध्वस्त भएको छ।
यस आक्रमणको क्रममा सरकारी फौज र सर्वसाधारणतर्फ भने कुनै क्षति नभएको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ।
उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।