• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

यस्ता छन् नुनका गुण र अवगुण, दैनिक कति खानुपर्छ?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  ११:४१
1140x725

नुन स्वादको पर्याय हो। नुन विनाका परिकार निस्वाद लाग्छन्। स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्वपूर्ण यौगिक हो। तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक सावित हुनसक्छ।

नुनको महत्व कति छ भनेर आकलन गर्न कहिलेकाहीं ब्रत, उपबास बस्दा वा आशोच÷जुठो बार्दा गरिएको नुुन त्यागपछिको भोगाइ सबैको मस्तिष्कमा ताजा हुनसक्छ।

नुनको अनुचित प्रयोगले स्वास्थ्यको लागि प्रत्युत्पादक हुनसक्छ। धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेसी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्या देखापर्छन्।

केहो नुन?
नुन सोडियम र क्लोरिन नामका दुई तत्वले बनेको हुन्छ। हामीले खाने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत हिस्सा क्लोराइडको छ। सोडियम शरीरलाई नभई नहुने तत्व हो र शरीरलाई चाहिने सोडियमको मुख्य अंशको पूर्ति पनि नुनबाट नै हुन्छ।

आयुर्वेदमा पाँच प्रकारका नुन सिन्धव लवण, विड लवण, समुन्द्र लवण, सौर्वाचल लवण र सम्बर लवणको वर्णन गरिएको छ। सोडियम र क्लोरिनका अलावा नुनमा क्याल्सियम, पोटासियम, फलाम, जस्ता आयोडिन जस्ता धातुहरु पनि पाइन्छ।

नुन शरीरलाई अत्यावश्यक खनिज हो। नुनमा विद्यमान सोडियमले शरीरका कोषहरुको बाहिरी भागमा अवस्थित तरल पदार्थको अस्मोटिक प्रेसरलाई सन्तुलित राखी शरीरमा पानीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

यसैगरी सोडियमले कोष भित्रको अन्तरकोषीय पानी सन्तुलित राख्न पनि सहयोग गर्छ। नुनमा रहेको सोडियमले स्नायूहरूलाई उत्तेजित हुन सहयोग गर्छ भने अम्ल र क्षारको सन्तुलन कायम गर्न पनि मद्दत गर्छ।

यसैगरी कोषको स्थिर विद्युत विभव र कार्यगत विद्युत विभव उत्पन्न हुनका लागि पनि सोडियम आवश्यक पर्छ। यसैगरी नुनमा विद्यमान क्लोरिनले पनि शरीरमा हाइड्रोक्लोरिक अम्ल बनाउन मद्दत गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उत्पादन
नुन मुख्यतः खानी खनेर र समुन्द्रको नुनिलो पानीलाई सुकाएर जम्मा भएको अवसाद बटुलेर तैयार गर्ने गरिन्छ। खानी खनेर निकालिएको नुनालाई सिधे नुन वा  हिमालयन पिंक साल्ट भनिन्छ भने समुन्द्रबाट निकालिएको नुनलाई सामुन्द्रिक लवण भनिन्छ।

नुनको मात्रा
वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुनभन्दा कम लिनुपर्छ भने केटाकेटीले १.२ ग्रामभन्दा ज्यादा लिनु हुँदैन। अझ सोडियमको मात्रामा भन्नुपर्दा दैनिक १५०० मिग्रा सोडियम उत्तम हो र यो मात्रा २३०० मिग्राभन्दा ज्यादा हुनुहुँदैन। 

नुनको अवगुण
उच्च मात्रामा नुन सेवनले रक्तचाप बढाउँछ। नुनको उच्च मात्राले रक्तचाप बढाउने हुँदा मुटुरोग र मस्तिष्कघातको खतरा पनि बढ्छ। नुनको कारणले हुने उच्च रक्तचापलाई लवण संवेदनशील उच्च रक्तचाप भनिन्छ। लवण संवेदनशील उच्च रक्तचाप भएकाहरुलाई नुन बार्न थाल्दा रक्तचाप कम हुन्छ। तर स्वस्थ व्यक्तिले नुन बार्दा रक्तचापमा खासै फरक पर्दैन। एउटा अनुसन्धानले स्वस्थ व्यक्तिले नुन छोड्दा सिस्टोलिक रक्तचाप २.४२ मिलिमिटर अफ मर्करी (एमएमएचजी) ले र डायस्टोलिक रक्तचाप १ (एमएमएचजी) ले घटेको तथ्य पाइएको छ।

कम नुन सेवन पनि हानिकारक
शरीरमा नुनको मात्रा ज्यादै कम भयो भने अनेकौं प्रकारका स्वास्थ्य समस्याहरु देखापर्न सक्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शरीरमा सोडियमको मात्रा कम भए लो डेन्सिटी लिपोप्रोटिन कोलेस्टेटोल र ट्राइग्लिसवेराइड (टिजी) को मात्रा बढेको पाइएको छ।

यसैगरी नुन नखाने मुटुरोगीहरु पनि मुटुरोगको कारणले मर्न जाने, हृदय असफल हुने, इन्सुलिन प्रतिरोधकता बढ्ने जस्ता रोगहरूसँग जोडिएको छ।

उच्च मात्रामा नुन सेवन पनि हानिकारक
उच्च मात्रामा नुनको सेवन गर्नेहरूलाई आमासयको क्यान्सर हुने खतरा बढ्नुका साथै पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको बृद्धि गराउँछ। 

– उच्च नुनको सेवनले म्युकोसल व्यारियरलाई कमजोर बनाई पेटको भित्ताहरुलाई प्रदाहात्मक बनाउँछन्।

– नुनको उच्च मात्राले सोडियमका साथसाथै क्लोरिनको पनि उच्च मात्रा शरीरमा थप्छ। उच्च मात्रामा क्लोरिन लिँदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजिज जस्ता रोगहरू लाग्ने र अन्तत्वगत्वा ग्यास्ट्रिक, क्यान्सरको समस्या देखापर्छ।

– उच्च मात्रामा नुनको सेवन गर्दा रगतमा नुनको मात्रा बढ्न गई मिर्गौलालाई भार पर्दछ र मिर्गौला विकृत हुनसक्छ। 

– उच्च मात्रामा नुनको सेवन गर्दा सोडियमको मात्रा डाइल्युट गर्न शरीरले अतिरिक्त पानी धारण गर्नेगर्छ। अतिरिक्त पानीले रगतको मात्रा र बहिरकोषकीय पानीको मात्रा पनि बढाउँछ। यसरी रगतको मात्रा बढ्दा रक्तचाप बढ्न गई मुटु रक्तनलीलाई अतिरिक्त दबाब पर्छ। रक्तचाप बढ्दा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात जस्ता समस्या देखापर्छन्।

– उच्च सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकूल असर पु¥याउँछ। उच्च सोडिएमको सेवनले पिसाबबाट उच्च मात्रामा क्याल्सियम पनि उत्सर्जन गराउने हुँदा रगतको क्याल्सियम नष्ट हुने र यसको पूर्ति गर्न हड्डीबाट क्याल्सियम रगतमा आउने हुँदा हड्डीहरू चाँडै खिइने गर्छ।  

(डा कोइराला भरतपुर–१, बागिश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्) 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्