काठमाडौं- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली क्यापिटल्समाथि सानदार जित हात पारेको छ। गए राति भएको खेलमा चेन्नईले दिल्लीलाई ८० रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा १ सय ७९ रन जोडे। उसका लागि फाप डुल प्लेसिसले ३९ रन जोडे। सुरेश रैनाले ३७ बलमा ५९ रन जोडे। उनले ३७ बलमा ४ चौका र ३ छक्का हिर्काए। महेन्द्रसिंह धोनीले नटआउट ४४ रन बटुले। उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। बलिङमा दिल्लीका सुचिथले २ विकेट लिए।
१ सय ८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा ९९ रनमा अलआउट भयो। २ विकेट गुमाउदा ५२ रन बनाएको दिल्लीले त्यसपछि लगातार विकेट गुमाएको थियो। उसले ९ विकेट ४७ रन बनाउदा गुमायो। दिल्लीका लागि शिखर धवनले १९ रन र कप्तान श्रेयर इयरले ४४ रनको योगदान दिए। बलिङमा चेन्नईका इमरान ताहिरले ४ विकेट लिए। रविन्द्र जडेजाले ३ विकेट लिए हात पार्दा दिपक चाहर र हरवजन सिंहको नाममा १-१ विकेट लिए।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीको अन्तिम खेल बाँकी रहदा १८ अंक छ भने दोस्रो स्थानमा झरेको दिल्लीको १६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।