काठमाडौं– आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ। खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्दैछ।
खेलमा दिल्लीले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई टिममा राखेको छैन।* सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको अघिल्लो खेलमा पनि मौका पाएका थिए। तर उनले विकेट भने लिन सकेका थिएनन्।
लिगमा दिल्ली १२ खेलबाट १६ अंक जोड्दै तेस्रो स्थानमा छ। चेन्नईले पनि १२ खेलबाट १६ अंक छ। दुवै टिम प्लेअफमा पुगिसकेका छन्। शीर्ष दुईमा रहेर प्लेअमा पुग्न दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ।
दिल्ली टिम- पृग्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, शेरफिन रुथरफोर्ड, कोलिन इनग्राम, अक्षर पटेल, जे सुचिथ,अमित मिश्रा, ट्रेन्ट बोल्ट, क्रिस मोरिस
*यसअघि क्रिक इम्फोको लिस्ट सन्दीप थिए। तर अफिसियल लिस्टमा नपरेकाले समाचार सच्चाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।