काठमाडौं– भारतको महाराष्ट्रमा माओवादी विद्रोहीले सुरक्षाकर्मीमाथि आक्रण गरी १५ जनाको हत्या गरेका छन्।
महाराष्ट्रको गाड्चीरोलीमा रहेको एउटा मतदान केन्द्र नजिकै बुधबार मध्यान्नतिर विस्फोटन भएको थियो।
विस्फोट माओवादीले यही क्षेत्रमा ३० वटा गाडिमा आगजानी गरेको केही घण्टापछि भएको हो।
विस्फोटनको प्रधानमन्त्री नरेन्द्र मोदीले भर्त्सना गरेका छन्। सूरक्षाकर्मीको प्रशंसा गर्दै उनीले त्यो बलिदान खेर नजाने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।