काला इ नाउ– अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाइ कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।
सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सोमबार अबेर राति भएको हवाइ कारबाहीमा तालिवानका जिल्ला प्रमुख मावलवी बिसमिल्लाहसहित १९ लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ।
यस कारबाहीका परी अन्य चार तालिवान लडाकू घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ। आब कमारी जिल्लामा अफगान सुरक्षा बलले तालिबान लडाकूविरुद्ध बारम्बार कारबाही गर्दै आएका बताइएको छ।
तालिबान लडाकू समूहले भने यस कारबाहीको कुन टिप्पणी गरेका छैनन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।