काठमाडौं- क्विन्स कप अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता आगामी जेठ तेस्रो साता देखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुने प्रतियोगितामा ५२ जिल्लाका १५ सय भन्दा बढि विद्यालयले भाग लिनेछन्।
एन्फाले ग्रासरुट फुटबलको विकास लागि प्रतियोगिता आयोजन गर्न लगेको जनाएको छ। ४ महिना चल्ने प्रतियोगिताको उत्कृष्ट १६ टिमबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुनेछ। सुरुवातमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुनेछ। त्यसबाट छनोट भएका १६ टिमबीच राष्ट्रिय प्रतियोगिता हुने एन्फाले जनाएको छ।
प्रतियोगिताका लागि १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ। जसका लागि चौधरी ग्रुपले पहिलो वर्ष ५५ लाख दिनेछ। पाँच वर्षका लागि भएको सम्झौता अनुसार प्रत्येक वर्ष ५ लाखका दरले बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।