एजेन्सी– भारतीय लोकसभा चुनावमा अन्तर्गत चौथो चरणको चुनाव आज ९ राज्यका ७१ स्थानमा मतदान जारी छ।
मतदानमा महाराष्ट्रमा सबैभन्दा बढी १७, उत्तर प्रदेश र राजस्थानमा १३/१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६/६, बिहारमा ५, झारखंडमा ३ र जम्मु–काश्मीरमा १ सिटका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा भारतीय कलाकर्मीको पनि उल्लेख्य उपस्थिति देखिएको छ।
जसमा प्रियंका चोपडा, अमिर खान, उनकी पत्नी किरन राव, रेखा, परेश रावल, माधुरी दिक्षित, आर माधवन, रवि किशन, उर्मिला मातोंकर लगायत सेलिब्रिटिहरु मतदानका लागि मतदानस्थल पुगेका छन्।
उनिहरुले मतदान पछि रङ लागाइएकोे औलाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भोटिङ व्यक्तिगत अधिकार भएको र यही एक भोटबाट देशको भविष्य निमार्ण गर्न सक्ने सन्देश प्रवाह गरिरहेका छन्।
सोमबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।