काठमाडाैं- गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ।
बिएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारणसहित गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो।
सङ्गीतकार सुरेश अधिकारी, एनटिभी प्लसका प्रमूख मनोहरी थापा, पत्रकार सुमन खरेलसहित र गायिका कार्कीकी आमा तारा कार्कीको हातबाट विमोचन गरिएको हो।
सुरेश अधिकारी र विद्या घिमिरकोे शब्द तथा रचनकार अधिकारीकै संगीत रहेको गीतिसङ्ग्रहमा ‘दुनियामा...’, ‘शितल हिमाली हावा..’ ‘साथी नै चाहिँदा...’, सिर सिर सिरीरी...’लगायत पाँच गीत समावेश छन्।
एक दशकबाट साङ्गीतिक क्षेत्रमा आबद्ध सुनिताको यसअघि ‘ए बतास’ बोलको गीत बजारमा आएको थियो।
सुनिताको नयाँ एल्वम ‘सुनमाला’लाई म्युजिक नेपालले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।