काठमाण्डाै- भारतका चर्चित पार्श्वगायक कुमार सानुको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै...’सार्वजनिक भएको छ।
‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारको लामो समयपछि नेपाली गीत ‘सयौँ जुनी सँगै...’ सार्वजनिक भएको हो।
अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्दरचना रहेको गीतमा युग भुषालले संगीत भरेका छन्।
गीतको म्युजिक भिडियोमा भने कालकार निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय रहेको छ।
फराज अर्पणको छाँयांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई रोशन पराजुलीले निर्माण गरेका हुन्।
गीतमा आदित्य शंकरको गितार तथा गौरव मल्लिकको गीतको संगीत संयोजन रहेको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।