• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हार्दिक पटेलले नेपालीलाई चौकीदार भनेकोमा मोदीका प्रतिस्पर्धी रायले माफी मागे  

64x64
नेपाल लाइभ सोमबार, वैशाख १६, २०७६  ११:३०
1140x725

भारत (बनारस)– बनारसबाट प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेस उम्मेदवार अजय रायले कांग्रेस युवा नेता हार्दिक पटेलले नेपालीलाई चौकीदार भन्ने अभिव्यक्ति दिएकोमा पार्टीका तर्फबाट माफी मागेका छन्। आइतबार बनारसको ललिताघाटस्थित पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि आएका कांग्रेस उम्मेदवार रायले उपस्थित नेपालीसमक्ष सार्वजनिक रुपमै माफी मागेका हुन्। 

नेपाली स्वाभिमान र संस्कृतिलाई सधैं सम्मान गर्ने गरेको बताउँदै रायले हार्दिकको भनाइले नेपालीहरुको आत्मामा चोट पुगेकोमा उक्त भनाइ पार्टीको नभएर हार्दिकको व्यक्तिगत भनेर बुझ्न आग्रह गरे। 

रायले प्रधानमन्त्री मोदीसँग प्रतिस्पर्धी बनेकोमा आफूलाई कुनै पछुतो नरहेको उनको भनाइ थियो। ललिताघाटस्थित नेपाली मन्दिर परिसरमा आएका रायले जनताले आफूलाई जिताउने दाबीसमेत गरे। 

पटेलले गत साता उत्तर प्रदेशको कांग्रेस पार्टीको आमसभामा मोदीको हामी देशका चौकीदार हौं भन्ने दाबीप्रति व्यंग गर्ने क्रममा चौकीदार चाहिए नेपालबाट नेपाली झिकाउने अभिव्यक्ति दिएका थिए। उनको उक्त भनाइप्रति नेपालीहरुले सामाजिक सञ्जालमा आपत्ति प्रकट गरेका थिए। 

तपाईंको पार्टीले नेपालीहरुलाई चौकीदार भनेर स्वाभिमानमा चोट पुर्‍याएको जस्तो लाग्दैन? भन्ने जिज्ञासामा रायले त्यो पार्टीको आधिकारिक भनाइ नरहेको स्पष्ट पारे। ‘उनको उक्त भनाइप्रति पार्टीको उम्मेदवार भएकाले पार्टीका तर्फबाट यही पशुपतिनाथ मन्दिर परिसरबाट नेपालीजनसँग क्षमा माग्छु,’ उनले भने।

भाषणका क्रममा उनले प्रधानमन्त्री मोदीले बनारसको संरक्षण गर्न नसक्ने आरोप समेत लगाए। बनारसको संरक्षणका क्रममा मोदी सरकार आएपछि पटकपटक जेल जानुपरेको अनुभव पनि उनले सुनाए। 

उनी फौजदारी मुद्दामा पटकपटक जेल परेका व्यक्ति हुन्। नेपाली विद्यार्थी आत्मराम शास्त्री राय कांग्रेसका उम्मेदवार रहे पनि उनको विगत राम्रो नरहेको बताउँछन्। 

सन् २०१४ को चुनावमा पनि रायले मोदीसँग प्रतिस्पर्धा गरेका थिए। करिब ७५ हजार मत पाउँदा समेत उनको जमानत जफत भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बनारसबाट निर्वाचन जित्नेहरुको भारतको इतिहासमा आफ्नै पहिचान र गरिमा रहेको पाइन्छ। केन्द्रको राजनीतिमा समेत यहाँ निर्वाचित उम्मेदवारको विशेष योगदान रहेको स्थानीय बताउँछन्। 

भारत स्वतन्त्र भएपछि सन् १९५२ मा भएको निर्वाचनमा पहिलो पटक निर्वाचनमा रघुनाथ सिंहले कांग्रेसबाट जितेका थिए। सन् १९६२ सम्म कांग्रेसबाट सिंह बनारसबाट निरन्तर विजयी भइरहेको विगत छ। सन् १९६७ मा भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका तर्फबाट सत्य नारायण सिंहले जिते। समाजवादी अभियन्तता तथा वरिष्ठ राजनीतिक विश्लेषक अफलातुन देसाइका अनुसार बनारसको इतिहासमा कम्युनिष्टको जित पहिलो र अन्तिम पटक बन्न पुग्यो। 

त्यसबखत भारतमा जय प्रकाशसँग कांग्रेसको टकरावका कारण कांग्रेसको दबदबाकालमा पनि देशका ११ राज्य कांग्रेसविहीन राज्य सरकार बन्न पुगेको थिए। त्यसको असर बनारसमा समेत परेको उनको भनाइ छ। 

मजदुर नेता सिंहले अनअपेक्षित रुपमा बनारसबाट निर्वाचन जित्न पुगेको देसाईले बताए। भारतमा कम्युनिष्ट पार्टीले पश्चिम बंगाल र केरलले जित्दै आएको भए पनि उल्लेखनीय काम गर्न सकेको पाइँदैन। त्यसैले पनि कम्युनिष्ट पार्टीप्रति भारतीय नागरिकमा सकारात्मक प्रभाव नरहेको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १९७१ मा बनारसमा फेरि कांग्रेसले जितेको थियो। सन् १९७७ मा समाजवादी नेता चन्द्र शेखरले इन्डियन नेसनल लोकदलबाट जिते। पछि उनी भारतका प्रधानमन्त्री समेत बनेका थिए। 

सन् १९८० मा फेरि कांग्रेसका तर्फबाट कमलापति त्रिपाठीले जिते। त्रिपाठी उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेको इतिहास छ। सन् १९८४ मा कांग्रेसले जितेको बनारसमा सन् १९८९ मा जनता दलका तर्फबाट लालबहादुर शास्त्री पुत्र अनिलकुमार शास्त्रीले जिते। त्यसपछिका पाँच निर्वाचनमा निरन्तर भाजपाले जित्दै आएको छ। 

पहिलो पटक श्रीशचन्द दीक्षित, त्यसपछि क्रमश तीन पटक शंकर प्रसाद जयसवाल र सन् २००९ मा डा मुरली मनोहर जोशीले बनारसबाट जितेको विगत छ। 

पहिलो पटक ०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भए। ०१४ मा उनी गुजरातको मणिनगर र बनारसबाट प्रत्यासी बनेका थिए। दुवै स्थानबाट जिते पनि पछि बनारसलाई कायम राखेर उनले गुजरातबाट राजीनामा दिएका थिए। (सञ्जय पन्थीको सहयोगमा) 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्