काठमाडाैं- भारतीय राष्ट्रिय ध्वजाबाहक 'एयर इन्डिया'काे सर्बर शनिबारदेखि डाउन भएकाे छ। 'चेक-इन सर्बर'मा प्राविधिक समस्या देखिएपछि आइतबार एयर इन्डिया का १ सय ३७ उडान ढिलाे गरी भएका थिए। साेमबार पनि समस्या उस्तै रहेकाे कम्पनीले जनाएकाे छ।
याे समस्यालाई जतिसक्दाे छिटाे समाधान गर्ने प्रयास भइरहेकाे पिन कम्पनीले स्पष्ट पारेकाे छ।
अप्रिल २७ बाट एयर इन्डियाकाे 'चेक-इन सर्बर' मा समस्या आउँदा यस यस एयरलाइन्स भएर उडान भर्ने तयारीम रहेका संसारभरका यात्रुहरुलाई सास्ती मिलेकाे हाे।
यस अलावा गत फेब्रअरीमा भारतकाे पुलवामा भएकाे आतंकवादी आक्रमणपछि पाकिस्तानी उडान क्षेत्रमा प्रतिबन्ध लगाइएसँगै 'एयर इन्डिया'को उडानकाे समय पनि थपिएकाे जनाइएकाे छ। यसकारण फेब्रुअरीदेखि हालसम्म एयरलाइन्सलाई करिब ३ सय कराेड भारतीय रुपैयाँ घाटा भएकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।