एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ। रियललाई रेलिगेशन जोनमा रहेको रायो भालेकानोले १-० गोलले पराजित गरेको हो। रायोका लागि खेलको २३ मिनेटमा इम्बार्बाले पेनाल्टीमार्फत गोल गरेका थिए।
हारपछि लिगमा दोस्रो हुने रियलको अभियानमा धक्का लागेको छ। रियल अंक तालिकामा ३५ खेलबाट ६५ अंक जोड्दै तेस्रो स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ र शीर्ष स्थानको बार्सिलोनाको ८३ अंक छ। बार्सिलोनाले ३ खेलअघि नै उपाधि जितिसकेको छ।
यता जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको वार्यन म्युनिख बराबरीमा रोकिएको छ। वार्यनलाई एफसी नुरेम्बर्गले १-१ को बराबरीमा रोकेको छ। नुरेम्बर्गका लागि कोस्टा पेरेइराले ४८ मिनेटमा गोल गरे। वार्यनका लागि जिनरबीले ७५ मिनेटमा बराबरी गोल फर्काए।
लिगको शीर्ष स्थानमा रहेको वार्यनको ३१ खेलबाट ७१ अंक छ। वार्यन बराबरीमा रोकिएसँगै दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको आसा बढेको छ। डर्टमुन्डको ६९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।