म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्।
शीर्ष चारको दौडमा रहेका दुवैलाई बराबरीले घाटा पुगेको छ। खेलमा अग्रता युनाइटेडले एघारौं मिनेटमा लियो। जुवान माटाले गोल गरेर युनाइटेडलाई अग्रता दिलाए। चेल्सीका लागि अलान्सोले ४३ मिनेटमा गोल गरे।
लिगमा म्यानचेस्टर सिटी ३६ खेलबाट ९२ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको ९१ अंक, तेस्रो स्थानको टोटनह्यामको ७० अंक, चौथो स्थानको चेल्सीको ६८ अंक, पाँचौ स्थानको आर्सनलको ६६ अंक र छैटौं स्थानको युनाइटेडको ६५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।