काठमाडौं- आइपिएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको कोलकाताले २ विकेटको क्षतिमा २ सय ३२ रन को विशाल योगफल खडा गर्यो।
उसका लागि ओपनरद्वय सवमान गिलले ७५ र क्रिस लिनले ५४ रनको योगदान दिए। आन्द्रे रसेलले ४० बलमा ६ चौका र ८ छक्का हिर्काउँदै नाटआउट ८० रन जोडे।
२ सय ३३ रनको लक्ष्य पछ्याउको मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९७ रन जोड्यो। उसका लागि हार्दिक पाण्ड्याले ३४ बलमा ६ चौका र ९ छक्काको मद्दतमा ९१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। किनकी मुम्बईका अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङमा कोलकाताका रसेल, सुनिल नारिन र गुर्नीले २-२ विकेट लिए।
अंक तालिकामा कोलकाता १२ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। मुम्बई १४ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।