जाकार्ता– इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।
सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् ।
राजधानी जाकार्ता र बेङकुलु प्रान्तको पश्चिमी क्षेत्रमा आएको बाढीले विस्थापित भएकालाई नजिकै शिविर निर्माण गरी राखिएको अधिकारीले जनाएका छन्।
इन्डोनेसियामा बाढीको प्रकोप बेला बेलामा भइरहने गरेको छ। बाढी लगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा वर्षेनी हजारौंको मृत्यु हुने गरेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।