काठमाडौँ- सुरक्षाकर्मीको घेरामा परेपछि श्रीलंकाका आतंककारी समूहले आत्मघाती विस्फोट गराएको छ।
शनिबार बिहानै आतंककारी लकुको घरमा सुरक्षाकर्मी घेरा हाल्न पुगेपछि सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त भएको थियो। आतंककारीले घरमै आत्मघाती विस्फोट गराएका थिए।
भिडन्तमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।
सुरक्षाकर्मी आतंककारीको घेरा तोडेर घरभित्र पस्न खोज्दा उनीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराएको बताइएको छ।
गत आइतबार श्रीलंकाका होटल तथा गिर्जाघर (चर्च)हरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २ सय ५० भन्दा बढीको ज्यान गएको थियो भने ५०० जति घाइते भएका थिए।
आइतबारको विस्फोटपछि श्रीलंकाले देशभर संकटकाल लगाएको छ र आतकंकारीको खोजीमा सुरक्षाकर्मी परिचालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।