रुकुम– रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटाला गाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन्।
रोजगारीको सिलसिलामा तीन वर्षअघि उनी साउदी अरब गएका थिए। उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा जाँदा उनी मृत अवस्थामा फेला परेको बताइएको छ।
मृतक परियारका श्रीमती र चार छोरा छन्। मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।