काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभाग करदाता सेवा कार्यालय पुतलीसडकमा कार्यरत नायब सुब्बा केशव घर्ती मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
स्थायी लेखा नम्बर दर्ता खारेजी नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो।
नायब सुब्बा घर्तीले सेवाग्राहीसँग रु ६ हजार घुस मागेको आयोगले जनाएको छ। आयोगले उनलाई जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।