काठमाडौं- फिल्म 'जात्रै जात्रा'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार निर्माण टिमले काठमाडौंमा सञ्चारकर्मीहरुसँग भेट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा १० किलो सुन र सुन प्राप्तीको भोक उजागर गरिएको छ।
कलाकारहरु विपिन कार्की, रवीन्द्रसिंह बाँनिया, रविन्द्र झाको मुख्य अभिनय रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्।
फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, वर्षा राउतलगायतका कलाकारलाई समेत मुख्य अभिनयमा प्रस्तुत गरिएको छ।
‘जीवन जात्रा हो’ र ‘माया पिरिम’जस्ता गीतले फिल्मको चर्चा चुलिएको समय सार्वजनिक ट्रेलरले पनि यसको सफलतामा राम्रो भुमिका निर्वाह गर्ने निर्देशक प्रदीप भट्टराई बताउँछन्।
केही वर्षअघि सार्वजनिक फिल्म ‘जात्रा’को लोकप्रियता र सफलतालाई दोस्रो सिक्वेल ‘जात्रै जात्रा’ले कत्तिको आत्मसात गर्ने हो त्यसका लागि भने जेठ ३ पर्खनु पर्नेहुन्छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।