कोलोम्बो– श्रीलंकाको इस्टकोस्टमा भएको दोहोरो भीडन्तमा ६ बालबालिकासहित १५ जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ श्रीलंकाको सेना र सन्दिग्ध स्लामिक समूहबीच उक्त भिडन्त भएको श्रीलंकाका स्थानीय मिडियाले त्यहाँका प्रहरी प्रवक्तालाई उल्लेख गर्दै बताएका छन्।
भिडन्त तीन सय भन्दा बढीको ज्यान जानेगरि शृखंलाबद्ध बम विस्फोट भएको ६ दिनपछि भएको हो।
स्लामिक समूह उक्त घटनामा सहभागी भएको ठानिएको छ। प्रहरीका अनुसार अनुसन्धान जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।