• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

धर्मको आडमा अपराध : आसारामका बाबुछोरै बलात्कारी ठहर

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १३, २०७६  १७:१५
1140x725

काठमाडौं– भारतमा धर्मको नाममा व्यापार गर्दै आएका अभियन्ताहरू एकपछि अर्को अपराधमा दोषी ठहर हुँदै गएका छन्। धर्मका आडमा गरिने यौन शोषण र हत्यामा हिन्दु धर्मका बाबाहरू अदालतबाट दोषी ठहर हुन थालेका छन्। 

आसाराम बापु, गुरुमित सिंह, चन्द्रस्वामी, रामपाल, नित्यानन्द स्वामी र स्वामी भीमानन्द यिनै अभियोगमा मुद्दा खेपिरहेका छन्।

त्यसमध्ये आसाराम बापु र उनका छोरा नारायाण साई बलत्कारी ठहर भएका छन्।  आजभन्दा ठीक एक वर्षअघि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा जोधपुर अदालतले धर्मगुरु आसारामलाई दोषी ठहर गरी आजीवन काराबासको सजाय सुनाएको थियो। 

शुक्रबार सुरतको सेसन अदातलले आसारामका छोरा नारायणलाई पनि दोषी ठहर गरेको छ। उनीमाथि कति सजाय हुने भन्ने विषयमा ३० अप्रिलमा अदालतले निर्णय सुनाउने छ। 

को हुन् नारायण साई? 

आसाराम बापुका छोरा तथा स्वघोषित गुरु नारायण साई भारतमा बलात्कार र यौनकान्ड मच्चाउने कथित गुरुको सूचीमा अग्रपंक्तिमा पर्छन्। आसारामको आश्रममा सन् २००२ देखि २००५ को अवधिमा महिलामाथि दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा नारायण अहिले पनि जेलमै रहेका छन्। 

उनीमाथि सात किशोरीमाथि यौन दुव्यर्वहार गरेको आरोपमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको छ। यसरी उनको सिकार हुने किशोरीमध्ये अधिकांश उनका अनुयायी थिए। उनी २०७० मंसिर २० गते पक्राउ परेका थिए। 

बयान दिनेलाइ गोली हानी हत्या 

Ncell 2
Ncell 2
nimb
nimb

बाबु छोराविरुद्ध बयान दिन पुगेका एक व्यक्तिको २०७२ बैसाख ३० गते गोली हानी हत्या गरिएको थियो। हरियाणाको पानीपतमा बयान दिन खोजने महेन्द्र चाबलाको घरभित्रै छिरेर गोली हानी हत्या गरिएको थियो। चावला तिनै व्यक्ति थिए, जसले पहिलो पटक यो प्रकरणमा खुलेर बयान दिएका थिए। 

आसारामका बाबुछोरा धर्म गुरु नभई बलत्कारी भएको उनले पर्दाफास गरेका थिए। 

आसारामको विपक्षमा बयान दिने कुनै समय उनकै निजि चिकित्सकको रुपमा काम गरेका अमृत भाइको पनि २०७१मा गोली हानी हत्या गरिएको थियो। 

आसारामको अलावा यस विषयमा शिवा, शरतचन्द्र, शिल्पी तथा प्रकाश नाम गरेका व्यक्तिहरू अभियुक्त थिए। अदालतले शिल्पी र शरतचन्द्रलाई २०/२० वर्षको जेल सजाय सुनाएको थियो। आसारामको आश्रमको भान्छामा काम गर्ने प्रकाश र आसारामका निजी सचिव प्रकाशलाई भने अदालतले रिहा गर्न आदेश दिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुसिललाई पाँच करोड घुस दिने प्रयास 

बलात्कार अभियोगमा पक्राउ गरे लगत्तै नारायणले जेलबाट छुट्ने प्रयास गरेका थिए। उनले आफ्ना पाँच साथीमार्फत् मुद्दा मिलाउन पाँच करोड समेत बुझाएका थिए। उक्त प्रकरणमा प्रहरीले २०७० मंसिर २८ गते उनका पाँच साथी र एक सव इन्स्पेक्टरलाई पक्राउ गरेको थियो। 

बलात्कारको आरोप कमजोर अभियोजन गर्न भन्दै साथीमार्फत् प्रहरीलाई घुस  दिइएको थियो। सुरत अपराध अन्वेषण शाखामा कार्यरत रहेका सिके कुंभणीसहित नारायाणका पाँच साथीको पक्राउ गरिएको थियो। 

के हो जोधपुर घटना? 

७७ वर्षीय धर्मगुरु आसाराममाथि सन् २०१३ मा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। ती किशोरीका आमाबुबा आसारामका भक्त थिए।

एक दिन छिंदवाडा आश्रमको विद्यालयमा ती किशोरी लडेपछि आश्रमका केही व्यक्तिको सल्लाहमा आमाबुबाले उपचारका लागि जोधपुरमा रहेको आसारामको आश्रममा पुर्‍याएका थिए। प्रहरीका अनुसार ती किशोरीलाई भूतप्रेतको छायाँले नछोडेको भन्दै आश्रममा लैजान आग्रह गरिएको थियो। 

प्रहरीका अनुसार उपचार गर्न आएकी किशोरीमाथि आसारामले बलात्कार गरेका थिए। आसाराममाथि अन्य महिलाहरूलाई पनि बलात्कार गरेको घटनामा मुद्दा चलिरहेको छ। 

१५ अगस्ट २०१३ मा आसारामले दुव्र्यवहार गरेपछि ती किशोरीले २० अगस्टका दिन दिल्लीको एउटा प्रहरी चौकीमा उजुरी दिइन्। त्यसपछि यो मुद्दालाई जोधपुर सारिएको थियो। त्यसपछि आसारामलाई मध्य प्रदेशको इन्दौरबाट गिरफ्तार गरिएको थियो। उनलाई गिरफ्तार गरिएको विरोधमा उनका समर्थकले विरोध तथा हंगामा मच्चाएका थिए। 

गिरफ्तारपछि आसारामको मेडिकल चेक गरिएको थियो। त्यसमा उनी दोषी देखिएका थिए। २०१३ कै सेप्टेम्बर २ का दिन उनलाई न्यायिक हिरासतमा राखिएको थियो। त्यसपछि उनी जेलमा रहेका छन्। आसारामको तर्फबाट अहिलेसम्म १२ पटक जमानतका लागि निवेदन परे पनि एउटा पनि स्वीकार गरिएन। 

को हुन् आसाराम बापु? 

आसाराम धार्मिक उपदेश दिने गुरु मानिन्छन्। उनले भारतमा झण्डै चार सय आश्रम स्थापना गरेका छन्। विश्वभर उनका लगभग चार करोडको संख्यामा भक्त रहेको बताइन्छ।

आसारामको जन्म वर्तमान पाकिस्तानको सिन्ध प्रान्तमा सन् १९४१ मा भएको थियो। भारत–पाकिस्तान विभाजनपछि उनी भारतको गुजरातमा आएर बसेका थिए। ४५ वर्ष पहिले नै उनले गुजरातमा आफ्नो पहिलो आश्रम स्थापना गरेका थिए। भारतका कैयौं राजनेतासमेत उनको प्रशंसक रहेको बताइन्छ।

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पनि आसारामको प्रशंसक थिए। मोदी उनको धार्मिक कार्यक्रममा समेत समावेश भएका थिए। तर, आसारामलाई ढोंगी र समाजमा अराजकता फैलाउने बाबाको रुपमा पनि धेरैले हेर्ने गरेका छन्।

(एजेन्सीको सहयोगमा दुर्गा दुलालको अनुवाद)

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्