रसुवा- रसुवाको पर्यटकीयस्थल लाङटाङ जाने क्रममा एक विदेशी पर्यटकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जापानी नागरिक ७० वर्षीय इवाता टाकासी रहेका छन्।
स्याफ्रुबाट लाङटाङ जाने क्रममा गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रिम्चेडाडाँमा चिप्लिएर लड्दा उनको ज्यान गएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए। टाकासीको शव पोस्टमार्टमका लागि हेलिकोप्टरमार्फत सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजञ्ज पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।