नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आफ्नाे उम्मेदवारी दर्ता गरएका छन्। लाेकसभा निर्वाचन २०१९ अन्तर्गत माेदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
स्थानीय चुनाव आयाेगकाे कार्यलयमा गई माेदीले आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउनुपूर्व राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग माेदीले भेट गरेका थिए। साे क्रममा वर्तमान सरकारका गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादललगायत नेताकाे उपस्थिति रहेकाे थियाे।
साे क्रममा प्रधानमन्त्री माेदीले गठबन्धनकाे चुनावी अवस्था तथा भावी रणनीतिका बारेमा नेताहरुसँग छलफल गरेका बताइएकाे छ। भेटवार्तापछि गृहमन्त्री सिंहले एनडिए गठबन्धनले लाेकसभा निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे।
सन् २०१४ मा भएकाे निर्वाचनमा भाजपाले २ सय ८२ स्थानमा जीत हात पारेकाे थियाे। जाे दुई तिहाई बहुमतभन्दा १० सिट माथि हाे।
यस क्षेत्रकाे चुनावमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएकाे छ।
यसअघि माेदी चुनाव प्रचारका क्रममा पनि आफ्नाे निर्वाचन क्षेत्रमा देखिएका थिए। आज बिहान कालभैरव मन्दिरमा पूजा गरेका माेदीले त्यसक्रममा स्थानीयहरुसँग भेट गरेका थिए।
बिहीबार वाराणसीमा निकालिएकाे विशाल चुनावी र्यालीमा उनले सम्बाेधन गरेका थिए।
सम्बाेधनका क्रममा माेदीले आफ्नाे विरुद्धमा चुनाव लड्ने व्यक्ति दुश्मन नभएकाे बताएका थिए। 'कुन पार्टीकाे काे उम्मेदवार छन् भन्ने कृया चर्चा गर्नु जरुरी छैन', उनले भने,'सबै उम्मेदवार सम्माननीय छन्, उनीहरु पनि लाेकतन्त्रलाई बलियाे बनाउनक लागि नै चुनावी मैदानमा छन्, उनीहरु हाम्रा दुश्मन हाेइनन्।'
वाराणसीले चुनेकाे व्यक्तिले राष्ट्रिय राजनीतिमा प्रभाव छाेड्नुपर्ने जिकिर गरे। 'वनासरका चुनाव यस्ताे हुनुपर्छ कि देशका राजनीतिक पण्डितहरुले त्यसबारे किताव लेख्नका लागि मन बनाेस्', माेदीकाे भनाइ छ।
र्यालीमा माेदीमाथि फूलकाे वर्षा नै गराइएकाे थियाे। साँझ गंगा आरतीमा समेत माेदी सरिक भएका बताइएकाे छ।
यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी माेदीकाे विरुद्धमा साेही क्षेत्रबाट चुनाव लड्नसक्ने अड्कलबाजी गरिएकाे थियाे। तर, अन्तिम समयमा आएर प्रियंका साे क्षेत्रबाट चुनाव नलड्ने पक्का भएकाे पनि बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।