नयाँ दिल्ली- भारतीय सेनामा पहिलाे पटक महिलालाई जवानकाे रुपमा पनि भर्ती गर्न सुरु गरिएकाे छ।
यसअघि महिलालाई अधिकारीका रुपमा मात्रै सेनामा लिइने गरिन्थ्याे। बिहीबारदेखि भारतीय सेना र प्रहरीमा पहिलाेपटक जवानका लागि पनि महिलालाई लिने प्रकृया सुरु गरिएकाे बताइएकाे छ।
सेनाले मिलिटरी फाेर्समा महिलाकाे संख्या २० प्रतिशत पुर्याउने लक्ष लिएकाे छ।
हाल १४ सशस्त्र फाैजमा ६५ हजार अधिकारीहरु रहेका छन्। जसमध्ये स्थल सेनामा १ हजार ५ सय, वायु सेनामा १ हजार ६ सय र नाैसेनामा ५ मात्रै महिला छन्।
सेनाले भर्नाका लागि अनलाइन फारम खुलाएकाे छ। आवेदनका लागि जुन ८ सम्मकाे समयसीमा ताेकिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।