• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

आणविक कार्यक्रम अन्त्य गर्न काेरिया अन्तर्राष्ट्रियस्तरमै सुरक्षा सुनिश्चितता चाहन्छ : पुटिन

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १३, २०७६  ०७:४९
1140x725

भ्लादिभोस्तक- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय सहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ।

दुबै नेताबीचकाे भेटवार्ता कोरियाली प्रायद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित भएकाे रुसी अधिकारीहरुले जनाएका छन्। यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नभएकाे र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नभएकाे क्रेमलिनले जनाएको छ।

रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनावका सन्दर्भमा आफ्नातर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताएका छन्। उनले नेता किमलाई स्वागत गर्दै भने, 'तपाइँको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ र कोरियाली प्रायद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी उपयुक्त समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं।'

भेटवार्तापछि पुटिनले काेरियाली नेता किमले आफ्ना सबै आणविक कार्यक्रमकाे अन्त्य गर्न अन्तर्राष्ट्रियस्तरमै सुरक्षाकाे सुनिश्चितता खाेजिरहेकाे बताए। 'त्यस्ताे सुनिश्चिततामा धेरै देशकाे सहभागिता रहनुपर्नेछ', उनले भने।

राष्ट्रपति पुटिनले नेता किम खुला हृदयकाे रहेकाे तथा आफ्ना सबै एजेन्डामा निर्धक्क र खुला तबरमा छलफल भएकाे समेत जानकारी दिए। 

उत्तर कोरियाली नेता किमले पनि भेटघाट धेरै अर्थपूण बनेकाे प्रतिक्रिया दिए। दुवै पक्षले आफ्ना विचार तथा एजेन्डाका विषयमा खुलारुपमा छलफल गर्ने वातावरण बनेकाे उनकाे भनाइ छ।

नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण भएकाे बताए। उनले भने, 'अहिले, विश्वकै ध्यान कोरियाली प्रायद्वीपमा केन्द्रित भएको छ।'

क्रेमलिनका अनुसार प्रारम्भमा दुबै नेताबीच मात्र भेटघाट भएकाे थियाे। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय सामूहिक भेटवार्ता भएकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

किमका साथ उत्तर कोरियाका सैनिक, नागरिक एवं पार्टीका वरिष्ट अधिकारीहरु सहभागी भएका थिए। उता रुसी टाेलीमा उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ, यातायातमन्त्री लगायत वरिष्ट अधिकारीहरु सहभागी भएकाे बताइएकाे छ।

याे भेटवार्ता गएकाे फेब्रअरीमा भियतनामकाे हनाेईमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर काेरियाली नेता किमबीच भएकाे दाेस्राे शिखर सम्मेलनपछिकै महत्वपूर्ण मानिएकाे थियाे। उक्त भेटघाटपछि अमेरिका र उत्तर काेरियाबीच फेरि दूरी बढेकाे बताइएकाे थियाे। साे भेटघाटमा आणविक कार्यक्रम बन्द गरिएकाे हकमा पूर्णरुपमा काेरियामा आर्थिक लगानी भित्रिने ग्यारेन्टी हुनुपर्ने माग राखेकाे थियाे। तर साे मागमा अमेरिका सकारात्मक नदेखिएपछि वार्ता असफल बनेकाे थियाे।

पुटिन र किमबीचकाे याे भेटघाटलाई अमेरिका र उत्तर काेरियाबीच बढेकाे दूरीलाई घटाउने कडीकाे रुपमा हेरिएकाे थियाे। किमले रुसलाई आफ्नाे पक्षमा पार्नका लागि पनि पुटिनसँग भेट गरेकाे बताइन्छ।

रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए। उनलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक भेषभुषासहित स्वागत गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भएकाे थियाे।

रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउने क्रममा साे भेटवार्ता भएकाे हाे।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्