लन्डन- ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ। यो विगत ६ महिनाकै उच्च हो।
संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा वृद्धि भएको हो।
जुन महिनाका लागि प्रति ब्यारेल ७५.३५ अमेरिकी डलरको माग छ, जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो।
डब्लुटिआइको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट वृद्धि भई ६६.१६ डलर पुगेको छ। यो वृद्धिसँगै डब्लुटिआइको मूल्य ६ महिनाकै उच्च हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।