एजेन्सी- बलिउड अभिनेता सलमान खान विरुद्ध प्रहरीमा उजुरी परेको छ। खान विरुद्ध एक फ्यानले उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ।
सलमानले आफ्नो फोन खोसेको बताउँदै उनले डियन नगर पुलिस स्टेसनमा उजुरी हालेका हुन्।
सलमान खान खुल्ला सडकमा साइक्लिङ गरिरहेको समय उनका फ्यानहरुले फोटो तथा भिडियो खिच्ने प्रयास गरेपछि सलमानले मोवाईल खोेसेका थिए।
यसैको विपरीत उनका एक फ्यानले भने एक सेलिब्रिटी भएका नाताले सलमानले यस प्रकारको व्यवहार देखाउनु गलत भएको भन्दै मुम्बइको डिएन पुलिस स्टेसनमा उजुरी दर्ता गराएका हुन्।
यता सलमानको तर्फबाट पनि प्रहरीमा निवेदन परेको छ। जसमा अनुमतिबिना तस्बिर तथा दृश्यहरु मोबाइलमा कैद गरेको उल्लेख गर्दै सलमानका बडिगार्डले निवेदन दिएका हुन्।
‘दबंग ३’को छायाँकनका लागि सलमान साइकलमा आफ्ना अंग रक्षककासाथ सवार हुँदा उक्त फ्यानले भिडियो बनाएका थिए।
प्रभुदेवा निर्दे्शित ‘दबंग’मा सोनाक्षी सिन्हा सलमानको अपोजिटमा देखिँदैछिन्। सलमानको अभिनयमा रहेको ‘भारत’ भने प्रदर्शनको संघारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।