काठमाडौं- फिल्म ‘वीर विक्रम २’ को ट्रेलर रिलिज भएको छ। जेठ ३ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरमा प्रेम, द्वन्द्व, कमेडी र रोदनको प्याकेज प्रस्तुत गरिएको छ।
फिल्मका मुख्य कलाकारहरु पल शाह र वर्षा शिवाकोटीलाई निकै आकर्षक लुक्समा देखाइएको छ। पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनयसमेत देखाइको छ।
‘वीर विक्रम–२’ तीन वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम’को सिक्वेल हो। मिलन चाम्सको निर्देशन रहेको फिल्ममा विनिषा भण्डारी, देशभक्त खनाल, सौरभ शाह, सन्तोष खनाल, मनोज केसी लगायतको समेत अभिनय रहको छ।
निर्देशक चाम्सकै निर्माणमा बनेको फिल्मको कथा प्रदिप भारद्वाजले लेखेका हुन्। वनिष शाहको सम्पादन रहेको फिल्मलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।
ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।