नेपालगन्ज- आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली भित्रुवन आर्मी क्लब च्याम्पियन बनेको छ।
नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
आर्मीका तर्फबाट विकास तामाङले निर्णायक गोल गरेका थिए । मध्यान्तर अघिको खेलमा विकासले गोल गरेका थिए । उनले कप्तान भरत खवासको कर्नर प्रहारमा उत्कृष्ट हेड गरी गोल गरेका हुन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा एपिएफ क्लब तेस्रो भएको छ । कास्यका लागि आजै भएको खेलमा एपिएफ क्लबले प्रदेश ५ लाई ७– १ गोलले पराजित गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।