काठमाडौं- साहित्यकार डा कविताराम श्रेष्ठको निधन भएको छ।
एक दशकदेखि बेलायतमा बस्दै आएका श्रेष्ठको ७० वर्षको उमेरमा निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए।
नेपाली साहित्यमा अस्वीकृत आन्दोलन चलाएका डा. श्रेष्ठका ३७ वटा पुस्तक प्रकाशित छन्।
गत साउनमा बेलायतको वेब्रिजमा एक साहित्यिक कार्यक्रममा सम्मानित हुन उपस्थित हुँदा उनी अक्सिजन सिलिन्डरसहित नै पुगेका थिए। त्यस क्रममा श्रेष्ठले चिकित्सकले आफूलाई मिति दिइसके पनि मृत्युसँग कुनै डर नभएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।