धनगढी– भुइँमान्छेका जीवनलाई साहित्यमा उतार्दै आएका डोट्याली कवि हेमन्त विवशले शनिबार धनगढीमा एकल वाचन गरेका छन्। कार्यक्रममा उनले गीत, कविता र गजल गरी दुई दर्जन रचना सुनाए।
सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएका दर्शकलाई कवि विवशले आञ्चलिक स्वाद बोकेका सिर्जना सुनाएर मन्त्रमुग्ध बनाएका थिए। उनले ‘भगवानको खोजी’, ‘हली’, ‘देशको खोजी’, ‘कतारको रैबार’, ‘भूकम्प र राहत’ लगायत कविता सुनाए।
कार्यक्रम रचना वाचन समूह, रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले संयुक्त रुपमा आयोजना आयोजना गरेका थिए।
कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका गीत गाएर माहौल तताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।